दफा २९ख
सम्बन्धित अधिकृत जिम्मेवार हुनेः
(१) कुनै निकायले यस ऐन बमोजिम पालन गर्नुपर्ने कुनै कुरा पालन नगरेमा सो समयमा त्यस्तो निकायको अधिकृतको रूपमा कार्य गर्ने प्रत्येक कर्मचारी सो काम प्रति जिम्मेवार हुनेछ ।
(२) कुनै निकायले कर बुझाई सक्नुपर्ने मितिसम्म कर नबुझाएमा त्यस्तो निकायको तत्काल वहाल रहेको वा छ महिना अघिसम्म बहाल रहेको प्रत्येक अधिकृत संयुक्त वा छुट्टाछुट्टै रूपमा त्यस्तो कर बुझाउन जिम्मेवार रहेको मानिनेछ । (३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उक्त उपदफाहरू देहायका अवस्थामा लागू हुने छैनन्‌:-
(क) सो व्यक्तिको जानकारी वा मन्जुरी बिना सो निकायले त्यस्तो कसुर गरेको अवस्थामा र
(ख) त्यस्तो कसुर हुन नदिन सो व्यक्तिले सामान्य मानवीय विवेक प्रयोग गर्ने व्यक्तिले अपनाउने सम्मको होसियारी परिश्रम र सीप अपनाएको वा प्रयोग गरेको भएमा ।
(४) कुनै व्यक्तिले उपदफा (२) बमोजिम कर दाखिला गरेमा सो व्यक्तिले देहाय बमोजिम गर्न सक्नेछ:-
(क) निजले त्यसरी दाखिला गरेको रकम सो निकायबाट असुल उपर गर्न
(ख) खण्ड (क) को प्रयोजनको लागि त्यसरी दाखिला गरेको रकमभन्दा बढी नहुने गरी निजको कब्जामा रहेको वा रहन आउने त्यस्तो निकायको सम्पत्ति आफ्नो अधीनमा राख ।
(५) उपदफा (४) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति आफ्नो अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर त्यस्तो निकाय वा अन्य कुनै व्यक्तिले कुनै दाबी गर्न पाउने छैन ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सम्बन्धित अधिकृत” भन्नाले त्यस्तो निकायको व्यवस्थापक वा सो हैसियतमा कार्य गर्ने व्यक्ति समस्यन पर्छ ।